मन्त्रालयले सच्यायो कोरोना विवरण संक्रमितको संख्या २४
काठमाडौं । १ जेष्ठ बिहिबार । स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ मात्र रहेको जनाएको छ । केही मिनेटको फरकमा मन्त्रालयले निकालेको अन्तिम विज्ञप्तिमा थप पाँच जना कोरोना संक्रमित थपिएको बताएको थियो । तर, गल्ती सच्याउँदै मन्त्रालयले हालसम्म २४५ जनालाई मात्रै कोरोना देखिएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै हो ।
डा.अधिकारीले भने पछिल्लो अध्यावधिक विवरणअनुसार २५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका पाँचजनाको विवरण पुनः रिपोर्टिङ गर्ने गल्ती भएको थियो ।
प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस्: