Swornakshar Logo

एक जिल्लाबाट अर्को जिल्ला आउजाउ बन्द, सवारी पास रद्द

काठमाडौं । ३० वैशाख । नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि पास रद्द गरेको छ । जेठ १ गतेबाट सबै प्रकारका पास रद्द गरिएको गृह मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा मंगलबार मात्रै ७४ जनामा कोरोना संक्रण देखिएपछि सरकारले उच्च सतर्कता अपनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दिउँसो ५७ जनामा कोरोना संक्रमण पुष्टि गरेको थियो भने बुलुका थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले बतायो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ ।

आवातजावतका कारण कोरोना संक्रमित बढ्ने भएकाले गृह मन्त्रालयले अत्यावश्यकबाहेका अन्य सवारी साधनका लागि दिँदै आएको पास रद्द गरिएको गृह मन्त्रालयल स्रोतले बतायो । यसअघि सात दिने पास लकडाउन भरी लागू हुने गृह जानकारी दिएको थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा निशेधाज्ञालाई थप कडाइ गरेको छ । पर्साको वीरगंज बारा र तराईका जिल्लामा देखिएको कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रशासनले लकडाउनलाई थप कडाइ गर्ने जानकारी दिएको हो ।