वीरगञ्जमा पत्रकार कोरोनाबाट संक्रमित

वीरगञ्ज । ३० वैशाख । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ ।
यसअघि ३९ जनामा दुई जना पत्रकार रहेको थाहा भएको थियो । पछि थप दुई जना पनि पत्रकार रहेको थाहा भएको नारायणी अस्पतालले जनाएको छ । वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्: