Swornakshar Logo

कपिलवस्तुमा फेला परे थप तीन जना कोरोना संक्रमित

हेटौंडा । २७ बैशाख सनिबार। कपिलवस्तुमा फेला परेका थप तीन जना कोरोना संक्रमित युवाहरु यसअघि मुम्बईबाट लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।
उनिहरु यस अघि आएका दुई जना संक्रमितसँगै मुम्बईबाट लुकेर
उनीहरु पाँचै जना यही बैशाख २४ गते राति नेपाल प्रवेश गरेको खुलेको छ ।

आज कोरोना पुष्टि भएका तीन जना र यसअघि फेला परेका दुई जना युवाहरु कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–२ अभिराव वासी हुन् ।

वडा नं. २ का वडाध्यक्ष सफरुद्दिन मुसलमानका अनुसार मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले उनीहरुलाई गाउँमा प्रवेश गर्न नदिइ बाटोमै रोकेर क्वारेन्टाइनमा पठाएका थिए ।

यसअघि कोरोना पुष्टि भएका कपिलवस्तुका २ जना बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा उपचार गरिदै छन् । नयाँ संक्रमित ३ जनालाई पनि आज बुटवल ल्याइँदै छ । उनीहरुमा कोरोना संक्रमण पुष्टि भए पनि लक्षण भने देखिएको छैन ।

उनीहरु पाँचैजना मायादेवी १ को पकडी छत्रपाली माबिमा बनाइएको क्वारेन्टाइनमा थिए । सो क्षेत्रमा हाल आउ–जाउ बन्द गरिएको छ ।

कपिलवस्तुका पाँच जनासमेत गरी प्रदेश ५ मा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३० पुगेको छ । यसअघि बाँकेको नेपालगञ्जमा २४ र रुपन्देहीमा १ जनालाई कोरोना पुष्टि भएको थियो ।