प्रदेश नं १ मा आठ कोरोना सङ्क्रमित घर फर्के
प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् ।
दुईपटक पिसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि एक महिला र एक भारतीय नागरिकसहित आठ जनालाई शुक्रबार डिस्र्चाज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले जानकारी दिए ।
केन्द्रमा उपचारमा रहेका ३१ मध्ये गत बुधबार छ र शुक्रबार ८ गरी १४ जना निको भइ घर फर्केका छन् । केन्द्रमा अहिले १७ सङ्क्रमितको उपचार भइरहेको केन्द्रका प्रमुख चिकित्सक डा दीपक सिग्देलले बताए ।
प्रतिक्रिया दिनुहोस्: