Bagmati Samachar Logo

स्वास्थ्य सामग्री बोकेका दुई कन्टेनर ग्वान्जाओबाट हिँडे, जहाजबाट ल्याउन समय लाग्ने

हेटौडा । २४ बैशाख बुधबार । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री हवाइमार्गभन्दा स्थल मार्गबाट पहिला ल्याउन थालिएको छ।

वैशाख २२ गते एउटा कन्टेनर सामान ग्वान्जाओबाट हिँडेको हो । भने अर्को कन्टेनर आज हिँड्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।

वैशाख २२ गते हिँडेको कन्टेनर १ सय १० क्युबिक मिटर र आज हिँड्ने भनिएको कन्टेनरमा १ सय ५० क्युबिक मिटरका रहेको सैनिक प्रवक्ता पाण्डेले बताए।

सेनाका अनुसार ग्वान्जाओबाट हिँडेका ती स्वास्थ्य सामग्री बोकेका कन्टेनर काठमाडौं आइपुग्न बढीमा १० दिन लाग्छ।

जहाजबाट स्वास्थ्य सामग्री ल्याउन भने अझै केही दिन लाग्ने देखिएको छ। नेपाली सेनाका अनुसार भन्सार प्रक्रिया र त्यहाँको लाइनलाई कुरेर बस्न परेमा जहाजबाट आइपुग्न अझै एक साता लाग्न सक्छ।

ुचीनमा पाँच दिन सार्वजनिक बिदा थियो। बुधबारबाट मात्रै बिदा सकिएको छ। त्यसैले भन्सार प्रक्रियाका लागि ७२ घन्टा लाग्यो भने समय लाग्छ,ु सैनिक प्रवक्ता पाण्डेले भने,ुविमानस्थलबाट ल्याउनका लागि पालो कुरेर बस्ने पनि थुप्रै छन्। त्यहाँ पनि मिलाउन सकिएन भने अझै एक साता लाग्न सक्छ। तर हामीले कूटनीतिक र अन्य माध्यमबाट भन्सार प्रक्रियामा समय नलगाउन र विमानस्थलमा पनि पालो नकुराउन भनेका छौं।ु

सेनाले भने अनुसार भयो भने बिहीबार वा शुक्रबारमा जहाज ग्वान्जाओ जानसक्छ। त्यसका लागि सेनाले दुइटा वाइडबडी जहाज समेत भनिसकेको छ। पहिलो चरणमा एउटाबाट मात्रै भए पनि स्वास्थ्य सामग्री ल्याउने सेनाको प्रयास छ।

दुइटा वाइडडीमा गरी ३७ टन ल्याउन सामान ल्याउन सकिने सेनाको भनाइ छ।

सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्रीका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरिसकेको छ। स्वास्थ्य सामग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर ९करिब २ अर्ब नेपाली रुपैयाँ० पठाइसकेको छ।

चैत १६ गतेको मन्त्रिपरिषदको बेठकले जिटुजी प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो।