Bagmati Samachar Logo

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । २४ बैशाख बुधबार । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले फेरि लकडाउन लम्ब्याउने निर्णय गरेको हो। सरकारले यसअघि भोलि वैशाख २५ सम्मलाई लकडाउन गर्ने निर्णय गरेको थियो। सरकारले पटक पटककोरोनाको संक्रमण बढ्न नदिन कोलागि भन्दै लकडाउन लम्ब्याउँदै आएको छ। त्यस्तै हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो। बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सङ्क्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना सङ्क्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको थियो। सरकारले पहिलो पटक चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको थियो। त्यसपछि पटक पटक थपिएको लकडाउन वैशाख २५ गते सम्म निरन्तर छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८२ पेगेको छ । भने १६ जना निको भएर घर फर्किएका छन्।