Bagmati Samachar Logo

र्यापिड टेष्ट पोजेटिभ देखिएका मकवानपुरका एक जनाको पिसिआर रिपोर्ट नेगेटिभ

हेटौडा । २३ बैशाख मंगलबार । मकवानपुरको भीमफेदीमा सोमबार एन्टिबडी (आरडीटी) पोजेटिभ देखिएका एक जना पुरुषको पी
सीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले गरेको पिसिआर परीक्षणमा नेगेटिभ देखिएको हो ।उनी भिमफेदी गाउँपालिकामा कार्यरत कर्मचारी हुन् । राजविराज घर भएका उनी आईतबार गाउँपालिकामा आएका हुन् ।

सोमबार प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीले दुई जनाको आरडीटी परीक्षण गरेको थियो । परीक्षण गराएका मध्ये उनको रिपोर्ट एन्टिबडी (आरडीटी पोजेटिभ देखिएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । १६ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।