Bagmati Samachar Logo

मकवानपुरको भिमफेदी गाउँपालिकाका कर्मचारीमा आरडीटी रिपोर्ट पोजेटिभ

हेटौडा । २२ बैशाख सोमबार । मकवानपुरको भिमफेदीमा आज एक जनामा आरडीटी पोजेटिभ देखिएको छ । भिमफेदीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएको हो ।

भिमफेदी गाउँपालिकामै कार्यरत कर्मचारीमा आरडीटी पोजेटिभ देखिएको प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका स्वास्थ संयोजक रामनाम लामाले वताउनुभयो । कामको शिलसिलामा सप्तरी पुगेर गाउँपालिकामा फर्किएका कर्मचारीलाई आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएको संयोजक लामाले वताउनुभयो ।

आरडीटी पोजेटिभ देखिएका पुरुषलाई हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले वताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले सोमबार दुई जनाको आरडीटी परीक्षण गरिएको थियो । जसमध्ये एक जना पुरुषको रिपोट एन्टिबडी (आरडीटी) पोजेटिभ देखिएको हो । उहाँको स्वाब नमुना संकलन मंगलबार गरि पीसीआर परीक्षण किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिने भएको छ ।