एकैदिन १० जनामा कोरोना संक्रमणको पुष्टि

हेटौंडा । २१ बैशाख आइतबार । सधै एकाध रुपमा देखिने गरेको कोरोना संक्रमितको
संख्या आज भने एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एकजना पर्साका ३६ वर्षीय युवकमा र ९ जना नेपालगञ्जमागरि १०जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
नेपालगन्जमा भेटिएकाहरु ४ महिला र ५ जना पुरुष रहेका छन् भने यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ ।
हालसम्म १६ जना कोरोना बाट निको भएर घर फर्किसकेका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: