Bagmati Samachar Logo

अमेरिकी महिला फुटबल टिमले गरेको समान तलबको दाबी अदालतद्वारा खारेज

काठमाडौं । २० वैशाख । अमेरिकी महिला फुटबल टिमले पुरुष टिम सरह तलब माग गर्दै दायर गरेको मुद्दा अदालतले खारेज गरेको छ। अमेरिकी महिला फुटबल टिमका २८ जना खेलाडीले युएस सोकर महासंघलाई विपक्षी बनाएर गत वर्ष पुरुष सरह तलब माग गदै मुद्दा दायर गरेका थिए।
महिला फुटबलरले आफूहरुलाई पुरुष भन्दा कम तलब दिएको भन्ने दाबी न्यायाधिसले अस्वीकार गरिदिएका हुन्।
समान तलब ऐनअनुसार अन्याय भएको भन्दै टिमले ५२।८ मिलियन अमेरिकी डलर क्षतिपूर्ति समेत माग गरेको थियो।
खेलाडीहरूकी प्रवक्ता मोली लेभिन्सनले यो निर्णयविरुद्ध अपिल गर्ने जनाएकी छिन्। उनले आफूहरु स्तब्ध र दुःखी भएको बताउँदै लडाइँ जारी राख्ने बताइन्।

अमेरिकाले गत वर्षको महिला विश्वकप चौथो पटक जितेको थियो। यस्तै अमेरिकाले ओलम्पिकको महिला फुटबलमा अहिलेसम्म पाँच स्वर्ण जितिसकेको छ।
अदालतले समान तलब दिनु पर्ने भन्दै दायर गरिएको मुद्दा खारेज गरेपछि महिला टिमकी स्ट्राइकर मेघन रिप्पोनले समानताका लागि लडाइँ कहिले नरोकिने बताएकी छिन्।

अर्की स्ट्राइकर एलेक्स मोर्गनले दुस्खित भए पनि समानतको लडाइँमा हतोत्साहित नभएको बताइन्।