Bagmati Samachar Logo

बारा र पर्साका थप तीन जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५७ पुग्यो


काठमाडौँ । १७ वैशाख । नेपालमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पताल स्रोतका अनुसार बाराको सीमराका २ जनामा र वीरगञ्ज छप्कैयाका एक जना परुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

उनीहरुको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा त्यहाँ नतिजा पोजेटिभ आएको हो ।
वीरगञ्जका संक्रमित सिद्धार्थ मावीस्थित क्वारेन्टाइनमा बस्दै आएका थिए ।

वीरगन्जमा हालसम्म फेला परेको संक्रमितको संख्या ६ पुगेको छ ।

बारा जिल्लामा भने पहिलो पटक संक्रमित फेला परेका हो। बाराका संक्रमितहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।
यसअघि नेपालमा ५४ जना संक्रमित फेला परेका थिए जसमध्ये १६ जना निको भएर फर्किसकेका छन् ।