Bagmati Samachar Logo

अस्पतालमा सेनिटाइज टनेल

हेटौडा । १६ वैशाख । मकवानपुर उद्योग वाणिज्य संघले कोरोना भाइरसको जोखिमबाट मानिसलाई बचाउन सेनिटाइज टनेल निर्माण गरी हेटौँडा अस्पताललाई हस्तान्तरण गरेकोछ ।

सेनिटाइज टनेलको शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाईरस विरुद्धको लडाइमा सबैको समन्वय र सहकार्य आवश्यक पर्ने बताए ।

उहाँले धैर्यता र आत्मबल बलियो बनाएरमात्र कोरोना विरुद्धको लडाइ जित्न सकिने पनि बताएका छन् । कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवालले कोरोना विरुद्धको लडाइ सबैको साझा लडाइ भएको बताउँदै संघले सक्दो सहयोग गर्ने बताए ।
सेनिटाइज टनेल निर्माण संयोजक एवं संघका कार्यसमिति सदस्य विष्णु खनालले सेनिटाइज टनेल ३८ हजार रुपियाँको लागतमा निर्माण भएको जानकारी दिँदै तराईबाट मकवानपुर प्रवेश गर्ने नाका रातोमाटे चेकपोष्टमा सवारी साधनको समेत सेनेटाईज गर्ने गरी टनेल स्थापना गरिने जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रशरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सुशिल सिंह राठोरलगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।