हेटौंडाको ल्याबमा ३५२ जनाको कोरोना परिक्षण
हेटौंडा । १४ वैशाख । हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को ल्यावमा हाल सम्म ३ सय ५२ जनाको स्वाब परिक्षण गरीएको छ। कोरोना जाँच गरिएका मध्य तीन जनाको स्वाब रिपोर्ट पोजेटिभ आएको थियो । तीनै जनाको रिपोर्ट यसअघिनै सार्वजनिक गरिएको छ ।
हेटौंडाको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको सक्रमण भए नभएको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकीत्सा सेवा महासाखाका प्रमुख डाक्टर पुरुशोत्तम सेडाईले बताए । हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्षा, रौतह लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: