आज २ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५१ पुग्यो
पर्सा । १४ वैशाख । वीरगञ्जका दुई जनामा कोरोना भाइरस(कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ५१ पुगेको छ । १२ जना निको भएर डिस्चार्ज भैसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्: