आत्मबल बलियो बनाएर मैले कोरोना जितेँ
अन्य संक्रमितलाई सन्देश
प्रसिद्धी श्रेष्ठ
काठमाडौं । ६ वैशाख । मेरो नाम प्रसिद्धी श्रेष्ठ हो । म फ्रान्सको स्यानफोड युनिभर्सिटीमा पढ्छु । म चैत ४ गते दोहो हँुदै फ्रान्सबाट घर आइपुगेकी थिए ।
मलाई टेस्ट गर्दा सिम्टम्सहरू धेरै देखिएको थिएन । टेस्ट गर्न आउनुको कारण चाहिँ घर आएको चौँथो दिनमा भियतनामी क्लासमेट साथीमा कोरोना पोजेटिभ देखियो । म पनि टेस्ट गरिहलौँ भने त्यहि दिन नै टेकु आइपुगेको थिएँ । मलाई खासै लक्षण देखिएको थिएन । २ दिनपछि रिपोर्ट आउँदा मलाई पनि कोभिड १९ पोजेटिभ देखिएको रहेछ । यसरी नेपालकै दोस्रो कोभिड संक्रमित हुने पुगेँ ।
रिपोर्ट देखिनेबित्तिकै यहाँका डाक्टरहरूले मलाई सजिलो पार्न एम्बुलेन्स पठाइदिन हाल्नु भयो । यहाँ आएपछि डाक्टरहरूले तिमीले चिन्ता नलेउ भन्नै हौसला बढाउनु भयो । त्यसै दिनदेखि डाक्टर, स्टाफ, नर्स सबैजनाले प्रोफेस्नल मात्रै होइन प्रसनली पनि मलाई सहयोग गर्नु भयो । अस्पिटलको रेखदेखमा एकदमै सटिस्फाइ थिएँ । मलाई यहाँ आउँदा कुनै कुराको कम महसुस भएन ।
कोरोना जितेकी प्रसिद्धी भन्छिन्( मेरो रगत कोरोनाका बिरामीलाई दिनेछु
टेकु आएको २र३ दिनपछि लक्षणहरू देखिन थाल्यो । मेरो मयोल्ड केस थियो । मलाई सास फेर्न अफ्ठ्यारो भएको थियो । पेटमा दुखाइ, खोकी लाग्ने, थकाइ एकदमै चाँडो लाग्ने । पलङबाट निस्किन मन हुँदैन्थ्यो ।
म सेल्फ आएसोलेसनमा बसेको थिएँ । म यहाँ आउँदाखेरि परिवारमा फेलिन पाएन । अहिले धेरै मानिसहरू सरकारको आइसोलेसनमा पुग्न पाएका छैन । मलाई जतिकै सुविधा उहाँहरूलाई छैन । सरकारले धेरै गरेको छ । तर, म सरकारलाई अनुरोध गर्न चाहन्छु जहाँ सेवा पुगेको छैन त्यहाँ पुर्याउनु पर्यो ।
सेल्फ आइसोलेसन एकदमै महत्वपूर्ण हो । मेरो केसले पनि देखियो । म पनि सेल्फ आइसोलेसनमा बसेको भएर मेरो परिवारमा फैलिन पाएन । म आइसोलेसनमा नबसेको भए मेरो परिवारमा फैलिन्थ्यो उहाँहरूबाट धेरै मानिसहरूलाई पनि फैलिन सक्थ्यो । यदि बाहिरबाट आउनु भएको हो भने टेस्टको सुविधा छ । टेस्ट पनि गर्नु होला । पब्लिक साइडबाट सेल्फ आइएसोलेसन एकदमै आवश्यक छ ।
मिडियाले पनि इटिग्मा क्रियट नगर्दिनुहोला । नकारात्मक समाचाले टेस्ट गर्न मात्रै गाह्रो होइन बोल्न पनि गाह्रो होला । अनावश्यक भिडभाड गर्ने, संक्रमितले पनि चिकित्सकहरूले केके भनेका छन् हेर्न गर्दा राम्रो होला ।
अन्य संक्रमितलाई सन्देश
धर्यताका साथ बस्नुहोला । मेरो पनि एकैपटक संक्रमणमुक्त भएको कुरा होइन । लगातार टेस्ट पछि नेगेटिभ आउको हो । केही समय लाग्ला तर केयर पुगेको छ भेन धेरै आत्तिनु पर्ने पर्दैन
यसको लक्षण नै आत्तिन खालका छन् । सास फेर्न गाह्रो हुने छन् । यस्तो लक्षण देखिए पनि आत्मबल चाहिँ बढाउनु होला । र आफ्नो ख्याल गर्नुहोस । ठीक हुनुहुन्छ तपाईंहरू ।
रिकभरी भएको पनि मेरो लागि ठूलो मौका मानेको छु । रिकभरी भएकाले मेरो प्लाजमामा एन्टीबडी निर्माण भएकाले मैले डोनेट गर्न चाहिरहेको छु समाजलाई । मेरो आश छ, कोरोनाको कुनै सिरियस सिम्टम देखियो भने उहाँहरूलाई मैले डोनेट गरेको प्लाजमाले हेल्प गरोस । अरू जो रिकभर हुनुहुन्छ सबैले डोनेट गरौँ । यहि आशा छ ।
प्रतिक्रिया दिनुहोस्: