Bagmati Samachar Logo

धनगढीमा उपचाररत युवकको दोस्रो रिपोर्ट नेगेटिभ, ४ जनाको पोजेटिभ

२४ घण्टामा अर्को रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्जः चिकित्सक

काठमाडौं । ६ वैशाख । कोरोना भाइरस संक्रमित कैलाली लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरस संक्रमण देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । अस्पतालका प्रवक्ता फिजिसियन डाक्टर जगदीश जोशीले युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको बताए ।

रिपोर्ट नेगेटिभ आए पनि उनी तत्काल डिस्चार्ज हुने छैनन् । ‘२४ घण्टाभित्र अर्को पनि नेगेटिभ रिपोर्ट आयो भने मात्रै हामी उहाँलाई डिस्चार्ज गर्छौं,’ जोशीले भने । सुदूरपश्चिम प्रदेशका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

४ जनाको पछिल्लो रिपोर्ट भने पोजेटिभ नै आएको अस्पतालले जानकारी दिएको छ । धनगढी उपमहानगर(५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीया भाउजू, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका(१ की ६० वर्षीय महिलाको तेस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो । सबैको अवस्था सामान्य रहेको डा। जोशीले बताए ।