Bagmati Samachar Logo

निको भएर घर फर्किइन नेपालकी दोस्रो कोरोना संक्रमित

काठमाडौं । ६ वैशाख । कोरोना भाइरसबाट संक्रमण भएर टेकु अस्पताल भर्ना भएकी नेपालकी दोस्रो संक्रमित युवती डिस्चार्ज भएकी छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि गत १० चैतमा टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भर्ना गरिएको थियो ।

उनी पूर्ण रुपमा निको भएर आज घर फर्किएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए । कतार एयरवेजको क्यूआर ६५२ को जहाजमा गत ४ चैतमा कतारबाट काठमाडौं आइपुगेकी ती युवती होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

उनीसँगै आएकी एक बिदेशी साथीलाइ कोरोना संक्रमण भएपछि उनी अस्पताल पुगेकी थिइन् । अस्पतालले कोरोना संक्रमण पुष्टि गरेको २७औं दिन उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यसअघि कोरोनाबाट संक्रमित अर्का एक युवक निको भइसकेका छन् ।