कोरोनाको लक्षण नदेखिएका व्यक्तिबाट पनि सर्न सक्छः विज्ञ
काठमाडौं । ५ वैशाख । कोरोना भाइरसको लक्षण नै नदेखिएको व्यक्तिबाट पनि कोरोना भाइरस सर्न सक्ने विज्ञले बताएका छन् । स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मलेनमा फोक्सो रोग तथा आइसियू विशेषज्ञ डा. अर्जुन कार्कीले कोरोना भाइरसको लक्षण नदिखिएको व्यक्तिबाट पनि सर्न सक्ने बताए ।
हावाबाट उडेर हाउने होइन । संक्रमित मानिसहरूको नजिक परियो र उनीहरूले खोक्दा खरी र त्यसमा लापबाही गरौँ भने सर्ने सम्भावना बढी हुन्छ । एकचोटी सरिसकेपछि कतिपयलाई लक्षण देखिन्छ । कति मानिसलाई लक्षण नदेखिने रहेको छु उनले भने लक्षण नदेखिँदा पनि भाइरस सार्न सक्ने रहेछ । उसले खोकेको छ कि छैन, हाछ्यिँ गरेको छ कि छैन, बिरामी भएको छ कि छैन, भन्ने कारण उनीहरूको नजिक जानेकी नजाने छुट्याउन पुर्छ । किनकि लक्षण पटकै नदेखिएका मान्छेबाट पनि सार्न सक्ने सम्भावना भएकाले हामीले सकेसम्म भिडभाडमा नजाने जाने परे केही दूरीको अवस्थामा बसेर काम सिध्याएर घर फर्किने ।
उनले नयाँ ठाउँको सतह छोएपछि साबुनपानीले हात धुन वा स्यानिटराइजर प्रयोग गर्न सल्लाह दिए । सुरक्षति उपाए नपनाइ हात अनुहारमा लगिए संक्रमण हुने सम्भावन बढी हुने उनको भनाइ छ । उनका अनुसार संक्रमित देशको अवस्था, वैज्ञानिकहरूको अनुसन्धानलाई आधार मान्दा संक्रमित १०० प्रतिशतमध्ये ८० प्रतिशत मानिसहरूले घरमै बसेर निको हुन सक्छ । २० प्रतिशत मानिसलाई भने च्याप्ने, स्वासप्रस्वासमा समस्यालगायतका लक्षण देखिन बताउँदै संक्रमणको शंका लाग्ना साथ परीक्षण गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्: