Bagmati Samachar Logo

हेटौंडाको एउटै वडामा र्‍यापिड टेस्ट गर्दा चार जनाको रिपोर्ट पोजेटिभ

काठमाडौं । ४ वैशाख । हेटौडा उपमहानगरपालिकामा गरिएको र्‍यापिड टेस्टमा चार जनाको रिपोर्टमा पोजिटिभ निस्किएको छ । उपमहानगरपालिकाले आज देखि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गर्दा चार जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरोषोत्तम सेडाईले जानकारी दिए । उनले भने आज भएको यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधि मा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । उनलाई आइसोलेशनमा राख्ने काम भइरहेको छ ।

बिदेशबाट फर्किएका चारजना हेटौंडा–४ मा वसोवास गर्दै आएका छन् । कोरोना पोजेटिभ देखिएका तीन जना पुरुष र एक जना महिला हुन् । र्‍

आज हेटौंडामा टेष्ट गरिएका ४९ जना मध्यमा ४ जानमा मात्र टेष्ट रिपोर्ट पोजेटिभ आएको हो ।बिभिन्न देशबाट फर्किएर आएकाहरुमा ¥यापिड टेस्ट गदा नतिजा पोजेटिभ देखिएको सेडाईले जानकारी दिए ।

हेटौंडा ४ को बासुदेव सभागृहमा र्‍यापिड टेस्ट गर्दा उनीहरुमध्ये भारत बिहार घर भइ हाल हेटौंडा–४ आफ्न्तमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक रहेका छन्। उनीहरु चारै जनाको हेटौंडाको ल्यावमा पीसीआर (स्वाब) परिक्षण तयारी भइरहेको हेटैंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन डा. प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।