Bagmati Samachar Logo

कञ्चनपुरको बेलडाँडी ३ मा विपन्न परिवारको तथ्याङक संकलन

कञ्चनपुुर । २६ चैत । कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ मा विपन्न परिवारको तथ्याङक संकलन सुरु गरिएको छ । विश्वब्यापि रुपमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै क्वारेन्टाइन बनेको छ ।
११ चैतबाट नेपाल सरकारले पनि देशलाई लकडाउन गरेको छ । यो लकडाउनका कारण मानिसहरु घरमा नै बसीरहेका छन् । लकडाउन बैशाख ३ सम्म रहने छ ।
तर पछिल्लो समयमा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका खुल्ला नाकाबाट र प्रमुख नाकाबाट भारतमा भएका नेपालीहरु फर्केपछि समस्या आएको छ ।
नेपालमा ९ जना कोरोना संक्रमित भेटीएका छन् । जसमा ४ जना सुदुरपश्चिमको पनि कैलाली र कञ्चनपुरका रहेका छन् । जसमा एक जना विदेशबाट आएका र अन्य दुई जना भने भारतबाट आएका हुन । एक जना भने विदेश बाट आएका मानिसबाट स्थानीय रुपमा सरेको हो ।
एक बाट अर्कोमा नेपालमा नै सरेपछि सरकारले यसलाई कोरोना भाइरसको दोस्रो चरण घोषणा गरेको छ ।

यस अवधिमा कोरोना भाइरस रोकथाम गर्न सरकारले बैशाख ३ गते सम्म लकडाउन समेत गरेको छ ।

लकडाउनका कारण वडामा रहेका विपन्न परिवारहरुको तथ्याङक संकलन सुरु गरेको छ । बेलडाँडी गाउपालीका वडा न ३ का वडा अध्यक्ष दुर्गा प्रसाद चौधरी, स्थानीय जनक गिरीको अगुवाईमा वडामा रहेका विपन्न परिवार ,भारतबाट आएकाहरुको समेत तथ्याङक संकलन गरिने भएको छ ।

सरकाले लगाएका नीति नियम र मापदण्ड पूरा गर्न,लकडाउनलाई सफल पार्न आवाहन, र भारत बाट घर आउने प्रत्यक व्यक्तिको नामावली संकलन , १४ दिन सम्म क्वारेन्टाइन मा बस्न सुझाब सरकारले दिएको छ ।

कोरोना भाइरस बाट दिनहुँ ज्याला मजुदूरी गरी आफ्नो जिविकोपार्जन गर्न प्रत्यक्ष प्रभाव परेका मानिसहरुको घर घरमै गएर तथ्याङ्क सङ्कल गरिएको सामाजिक युवा अभियन्ता टोलीका सदस्य सुरेन गिरीले जानकारी दिए । तथ्याङ्क संकलनमा वडामा रहेका महिला स्वयंसेविका परिचालन भएका छन् । स्वयंमसेविका नैनु गिरीले भनिन् हामीहरु घरघरमा गएर अहिले विदेशमा भएका र भरखर विदेशबाट आएकाहरुको तथ्याङ्क संकलन गरीरहेका छौ । यसबाट कोरोना नियन्त्रण तथा रोकथाम गर्न सहज हुने छ । खुल्ला सीमाका कारण कोहि लुकिछिपी आएपनि क्वारेन्टाइन्मा बस्न सहज हुने भएकाले तथ्याङ्क संकलन गरीरहेका छौ ।
कोरोना रोकथामका लागी वडा कार्यालयले पनि उच्च सर्तकता अपनाएको छ ।