हेटौंडाको आइसोलेसनमा राखिएका पाँच जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ
हेटौंडा । २२ चैत । हेटौंडाको आइसोलेसनमा रहेका पाँच जनाको कोरोना परिक्षण नेगेटीभ आएको छ । हेटौडाको कर्रामा रहेको श्रमिक माविमा स्थापना गरिएको आइसोलेसनमा रहेका पाँच जना विरामीको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
हेटौंडाको आइसोलेसनमा राखिएका पाँच जनाको आज स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताए ।
हेटौंडामा कोरोना भाइरस रोग (कोभिड–१९) संका लागेका विरामीको ल्याव परिक्षणपछी रिपोर्ट नेगेटिभ आएको छ । हिजोबाट सुरु भएको ल्यावमा आज पनि पाँच जनाको परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताए । बागमती प्रदेशको राजधानी हेटौंडाबाट हिजो पहिलो पटक कोरोनाको आसंकाका विरामीको स्वाब परिक्षण सुरु गरिएको हो ।
हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा कोरोना परीक्षण गर्न सुरु गरिएको हो । यहाँको ल्यावमा आज पनि आइसोलेसन पाँच जनाको मात्र नमुना स्वाब परिक्षणका लागि आएको थियो ।
ल्याब सञ्चालन गर्न संघीय स्वास्थ्य मन्त्रालयको टोली हेटौंडा आएर अध्ययन गरेको थियो । परीक्षण थालिएको केही घण्टा जतिमा नतिजा प्राप्त हुन्छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टका अनुसार एकपटक परीक्षण गर्दा करिब १३ हजार रुपैयाँ लागत पर्छ । मन्त्रालयसँग करिब पाँच सय नमुना परीक्षण गर्न पुग्ने केमिकल छ ।
प्रतिक्रिया दिनुहोस्: