पोखरामा कोरोनाको पोजेटिभ केस देखिएको छैनः प्रवक्ता देवकोटा
काठमाडौं । २१ चैत । पोखरामा कोरोना भाइरस (कोभिड १९)पोजेटिभ केस नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पोखरामा कोरोना भाइरसको पोजेटिभ केस नआएको बताएका हुन् ।
यसअघि पोखरामा भारतबाट आएका एक व्यक्तिलाई कोरोना संक्रमण भेटिएको बताइएको थियो । तर, कोरोना भाइरसको पछिल्लो अपडेटबारे जानकारी दिन आयोजिन भर्चुअल पत्रकार सम्मलेनमा प्रवक्ता देवकोटाले पोखरामा अहिलेसम्म कुनै संक्रमित नभेटिएको बताएका हुन् । हाल संचार माध्यमा पोखरामा संक्रमित भेटिएको खबर आइरहेको छ उनले भने पोखरा हालसम्म कुनै पोजेटिभ केसु छैन।ु
प्रतिक्रिया दिनुहोस्: