को हुन् कोरोना संक्रमित छैठौं नेपाली

काठमाडौं । २० चैत । कतारको दोहा हुँदै नेपाल आएका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार कतारको दोहा हुँदै क्यूआर ६५२ उडानमार्फत नेपाल आएका व्यक्तिमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि सोही विमानमार्फत नेपाल आएका २ जना युवतीमा संक्रमण देखिएको थियो । १ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ भने १ जनाको बागलुङमा उपचार भाइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमण पोजेटिभ देखिएका ६ केस पुगेको प्रवक्ता देवकोटाले बताए ।
यसअघि दुबईबाट आएका २ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरूमध्ये १ जनाको टेकुमा र अर्का एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
को हुन् कोरोना संक्रमित छैठौं नेपाली
नेपालमा कोरोना भाइरस (कोभिड–१९ं) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले कोरोना संक्रमणको नतिजा पोजेटिभ छैठौं नेपाली ४ चैतमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी ६५ वर्षीया वृद्धा रहेको पुष्टि गरेका हुन् ।
उनी कतार एयरवेजको विमान क्युआर ६५२ मार्फत नेपाल आएकी थिइन् ।
यसअघि बाग्लुङकै एक १९ वर्षीया किशोरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । ती किशोरी र वृद्धा आफन्त भएको बताइएको छ । उनीहरु दुवै जना बेल्जियमबाट कतार हुँदै नेपाल आएका हुन् ।
काठमाडौैं आएर उनीहरु यति एयरलाइन्सको विमानमार्फत पोखरा हुँदै बाग्लुङ पुगेका हुन् । नेपाल आएपछि उनीहरुले केही आफन्तहरुसँग पनि भेटघाट गरेका थिए ।
तर १९ वर्षीया किशोरीमा कोरोना संक्रमण देखिएपछि ती वृद्धा क्वारेन्टाइनमा बसेकी थिइन् । बेल्जियमबाट फर्किएकी उनमा सुरुमा कुनै लक्षण थिएन । तर अब कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बाग्लुङ अस्पताल भर्ना गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्: