Bagmati Samachar Logo

अब काठमाडौ बाहिर दैनिक १ हजार कोरोना भाइरसको नमुना जाँच

काठमाडौ उपत्यका बाहिर अव दैनिक एक हजार जनाको कोरोना भाइरस (कोभिड १९) जाँच हुने भएको छ । सरकारले तत्काल संचालन गर्न सक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याव र स्तरोन्नति गर्नुपर्ने स्थानमा प्रोटेवल पिसिआर ल्यावबाट जाँच सुरु गर्न लागेको हो । 
हाल उपत्यका बाहिरको लागि धरानमा परीक्षण सुरु भइसकेको छ भने हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याव तत्काल संचालन गर्न सक्ने अवस्थामा रहेका मन्त्रालयले जनाएको छ । 

अन्य प्रदेशको लागि आइतवार चीनबाट आएका प्रोटेवल ल्याव पठाउने तयारी भएको छ । चीन बाट ल्याएको ५ वटै प्रोटेवल पिसिआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारीमा रहेको कोभिड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए । 
मेसिन गएसँगै अव उपत्यका बाहिर दैनिक एक हजार जनासम्मको कोविड १९ को जाच हने उनको भनाइ छ ।