सर्वोच्च अदालतको आदेश: निजी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउनु
सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ । अदालतले मंगलबार जारी गरेको आदेशमा कुनैपनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट निजी अस्पताललाई नरहेको भन्दै उपचार गर्ने व्यवस्था मिलाउन भनेको हो ।
धिवक्ता पुष्पराज पौडेल लगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो । आदेशमा सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
‘निजी स्वास्थ्य संस्थामा उपलब्ध बेड, आईसीयू कक्ष, भेन्टिलेटरलगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु र स्वास्थ्य सेवामा संलग्न चिकित्सक,परिचारिका,एम्बुलेन्स चालकलगायतको सुरक्षाको यथोचित प्रवन्ध मिलाउनू’, सर्वोच्चको आदेशमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्: