हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोनाबाट बच्न सामाग्री
हेटौंडा । १८ चैत । कोरोना भाइरसको उपचारमा खट्ने हेटौंडा अस्पतालका डाक्टर,नर्स तथा कर्मचारीकोलागि सुरक्षाका सामाग्री दिएको छ ।
रोटरी क्लव अफ काठमाण्डौ र रोटरी क्लव अफ मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत मार्फत
सेफ्टी किट ४० थान, जुत्ता ३३ जोर, न्यानो झोला ९ थान तिरण गरिएको हो ।
अहिले विदेशबाट फर्किएकाहरुमा कोरोना भाइरसको संक्रमण देखापरेकाले यसबाट बच्नपर्ने मेयर महतले आग्रह गरे । यो कठिन समयमा उपमहानगरपालिकाले सवैलाई सहयोग गर्न तयार रहेको उनले बताए।
लकडाउनको पूर्ण रुपमा पालना गर्नका लागि सवै नगरवासीमा उनले आग्रह गरेका छन्। कार्यक्रममा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेल, अस्पतालका डाक्टर हरिबहादुर खड्का र रोटरी क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: