Bagmati Samachar Logo

चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र सामग्री नेपाल आइपुग्यो

काठमाडौं । १६ चैत । नेपाल एयरलाइन्सको विमानले चीनको ग्वाङजाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनबाट ल्याइएको सामग्री आज बिहान साढे पाँच बजे नेपाल आइपुगेको त्रिभुवन विमानस्थल कार्यालयका अपरेशन विभाग प्रमुख बिपु जुहार्चनले जानकारी दिए ।

यस्तै, चिनियाँ दूतावासले आफ्नो आधिकारीक फेसबुकमा पहिलो व्याचमा आपतकालीन रोकथामका लागि आवश्यक पर्ने मास्क लगायतका वस्तुहरु र ज्याकमा फाउण्डेशन र अलिबाबा फाण्डेशनले प्रदान गरेका समान आजैको उडानबाट आउने जनाएको छ ।