Bagmati Samachar Logo

वीर अस्पतालले यी २४ सेवा अब घरदैलोमै दिने

सरकारले वीर अस्तापलबाट प्रवाह सेवा सेवाग्राहीको घरदैलोबाट प्राप्त हुने व्यवस्था मिलाइको छ ।

वीर अस्पतालबाट प्रवाह हुने २४ प्रकारका सेवा सेवाग्राहीले घरबाटै प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

स्वास्थ्यसम्बन्धी विशेष सेवा लिनु परेमा फोन सम्पर्कमार्फत लिने व्यवस्था मिलाएको हो । मन्त्री ढकालले सुरक्षित रूपमा घरमै बसेर चिकित्सकीय सेवा लिन आग्रह गरे ।

‘वीर अस्पतालबाट प्रवाह हुने २४ प्रकारका सेवा सेवाग्राहीले घरबाटै प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको छ’ उनले भने ‘कोरोना भाइरस (कोभिड-१९) बाट बच्न, सुरक्षित रूपमा घरमै बसाैँ ।’