कोरोना संक्रमित युवतीसँगै आएका कञ्चनपुरका एक जना महाकाली अस्पतालमा भर्ना

हेटौडा । १३ चैत । कोरोना संक्रमित भेटीएकी युवतीसँगै नेपाल आएका कञ्चनपुरका एक व्यक्ति महाकाली अस्पतालमा भर्ना भएका छन् । कञ्चनपुरको दोधाराचादीन नगरपालिकाका ति व्यक्तिलाई अस्पतालको आईसोलेसनमा राखिएको छ।
उनी बुधबार महाकाली अस्पतालको सम्पर्कमा आएको र सामान्य स्वास्थ्य जाँचपछि उनलाई पनि अस्पतालको आईसोलेसनमा राखिएको अस्पतालले जनाएको छ।
उनको थ्रोट स्वाव परीक्षणको लागि आज काठामाडौँ पठाइने अस्पतालले जानकारी दिएको छ।केहि दिन पहिला नेपाल आएकी युवतीमा कोरोनाको संक्रमण भेटिएपछि सो जहाजमा आएका सम्पूर्ण यात्रुलाई प्रहरीले खोजी गरिरहेको छ।
फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमित पुष्टि भएपछि संगै आएका धनगढीका युवक पनि सेती अस्पतालको आइसोलेसनमा छन्। उनलाई पनि सेती अस्पतालको आईसोलेसनमा राखिएको छ।
प्रहरीले धनगढीका एक जना युवक सोही जहाजमा आएको थाह पाएपछि खोजी गरिरहेको थियो भने ति युवक भाई सहित आफै अस्पतालमा भर्ना भएका हुन्।
प्रतिक्रिया दिनुहोस्: