Bagmati Samachar Logo

नेपालमा तेस्रो कोरोनाभाइरस संक्रमित फेला

१२ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

 तेस्रो संक्रमितलाई आइसोलेसनमा राखिएको बताइएको छ । यसअघि चीन र फ्रान्सबाट फर्किएका विद्यार्थीमा कोरोनभाइरसको संक्रमण देखिएको थियो । चीनबाट आएका संक्रमित निको भएर घर फर्किसकेका छन् भने फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवतीको अस्पतालमा उपचार भइरहेको छ ।