नेपाल भोली देखि एक सप्ताहकोलागि लकडाउन
काठमाडौं । १० चैत । विश्वभर फैलिको कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले अत्यावश्यक बाहेक नेपाल लकडाउन गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक बाहेक लकडाउन गर्ने निर्णय गरेको छ ।
तर, कर्मचारीलाई भने तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय भएको छ । त्यस्तै, सर्वाधासरणलाई बाहिर ननिस्कन आदेश गर्ने निर्णय गरेको छ । अब भोलि बिहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन ।
सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बेलुका सिंहदरबारमा बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।
खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्नेबाहेक अरू सवारी साधन पनि चलाउने पाइने छैन । सरकारले सुरक्षा निकायबाट प्रयोग हुनु विमानबाहेक अन्य अन्तरिक उडान पनि बन्द गर्ने निर्णय गरेको छ ।
यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अतिआवश्यकबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका थिए ।
यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अतिआवश्यकबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: