वसन्त चौधरीले कोरोना कोषमा १ करोड जम्मा गर्ने
काठमाडौं । १० चैत । वसन्त चौधरी फाउण्डेशनको तर्फबाट सरकारले हिजोमात्र स्थापना गरेको कोरोना कोषमा वसन्त चौधरीले १ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।
चौधरी फाउण्डेशनका तर्फबाट नगद ५० लाख रुपैयाँ नगद र ५० लाख रुपैयाँ बरावरको जरुरी मेडिकल सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।
यसअघि सार्क कोषमा समेत रकम राख्न पाइने–नपाइने भन्ने विषयमा उनले जिज्ञसा राख्दै आएका थिए । हिजो बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा संक्रमण भए उपचारका लागि ५० करोड रुपैयाँ बरावरको कोष स्थापना गरेको थियो ।
जसमा संघीय मन्त्रीहरुले एक महिनाको तवल दिने घोषणा गरिसकेका छन् ।
सरकारको तर्फबाट सार्क राहत कोषमा समेत १० करोड रुपैयाँ जम्मा गर्ने घोषणा भइसकेको छ । यो कोषमा भारत सरकारले १ करोड अमेरिकी डलर र भुटान सरकारले १ लाख अमेरिकी डलर जम्मा गर्ने निर्णय गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्: