अस्पतालले उपचार रोक्दा बिरामी बिचल्लीमा
४ चैत । काठमाडौं । रुपन्देहीको भैरहवा स्थित युनिर्भसल मेडिकल कलेजमा डाक्टरहरुले विरामीको उपचारमा रोक लगाएका छन् ।
जस्ले गर्दा विरामीहरु सास्ती पाइरहेका छन् ।
मंगलबार विहान नवलपरासी बर्दघाट २ की यमकुमारी पुनको उपचारका क्रममा मृत्यु भएपछि त्यस अस्पतालमा विरामीका आफन्तले चिकित्सक माथि हातपात गरेका थिए । र त्यहि विषयलाई लिएर चिकित्सकले ओपिडि सेवा बन्द गर्दा विरामीहरुले सास्ती व्यहोर्नुपरेको छ ।
चिकित्सकले ओपिडि सेवा बन्द गर्दा विरामीहरु अस्पतालबाट फर्केर अनेत्र उपचार गर्न बाध्य भएका छन् । अस्पतालमा कार्यरत आवासीय र ईन्टर्नशिपका करिब २ सय चिकित्सकहरुले मंगलबार हातमा कालोपट्टी बाँधेर अस्पतालमा धर्ना दिएपछि उपचार सेवा रोकिएको हो ।
गत शुक्रबार राती उपचारका लागि भर्ना भएकी यमकुमारी पुनको दिमागको नशा फुटेर मृत्यु भएको चिकित्ककले बताएपछि आफन्तहरुले चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै अस्पतालका चिकित्सक माथि हातपात गरेका थिए ।
चिकित्सकहरुले आफुहरुमाथि अस्पतालको अत्यन्त संवेदनशील कक्ष आईसियूमै पुगेर घाइते हुने गरि कुटपिट गर्दा पनि प्रहरी प्रशासनले कुटपिटमा संलग्नलाई पक्राउ नगर्दा आफुहरु असुरक्षित भएको बताएका छन् ।
विरामीको आफन्तबाट घाईते भएका अस्पतालका डा. अर्चन घिमिरेको आईसियुमा राखेर उपचार भइरहेको छ ।
आफुहरु विरामीको उपचारमा खटिएपनि विरामीका आफन्तबाटै असुरक्षित भएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको अस्पतालमा कार्यरत शल्य चिकित्सक जगरनाथ चौधरीले बताए ।
यता अस्पतालका जनसम्पर्क अधिकृत शुशिल गुरुङले भने बिरामीलाई भर्ना गरेपछि सबै अवस्थाबारे विरामीका आफन्तलाई बताएको दावी गरे । उनले आईसियूमा भर्ना गर्नेदेखि भेन्टिलेटरमा राख्नेसमेतको सबै बताएर सहमति पत्रमा सहिछाप समेत गराएको दावी गरेका छन् ।
दोषी पत्ता लगाउन ४८ घण्टे अल्टिमेटमः
नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाले युसिएमस अस्पतालमा डाक्टर माथि भएको कुटपिट प्रति गम्भिर ध्यानार्कषण भएको बताएको छ ।
विरामीको सेवामा अहोरात्र खटिने चिकित्सकलाई आईसियु कक्षबाट बाहिरिदै गर्दा डाक्टर माथि आक्रमण भएको भन्दैे भन्दै दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: