Bagmati Samachar Logo

कोरोनाको आशंकामा झापाका एक व्यक्ति काठमाडौँको ग्रान्डी अस्पतालमा

२ चैत । काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा
झापाका एक व्यक्तिलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । भद्रपुर निवासी एक पुरुष ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका र प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

चिकित्सकले उनलाई उपचारका लागि काठमाडौँ सिफारिस गरेको रानाले बताए । चिकित्सकहरुले प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का गरेको रानाले बताए । उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ उनले भने ।