आहा रारा गोल्डकपको उपाधि मनाङ–मस्र्याङ्दीलाई
१ चैत । काठमाडौं । १८ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४—३ गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको हो ।
खेलको ९० मिनेट सम्म दुबै टोलिले गोल गर्न सकेका थिएनन् । खेलमा अतिरिक्त ३० मिनेट थपिएको थियो । थप गरिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको हो ।
टाइब्रेकरमा मनाङका अन्जन विष्ट, रन्जन विष्ट, पुजन उपरकोटी, र सुरज बिकेले गोल गरेका थिए भने निशान लिम्बूको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाएका थिए ।
त्यस्तै पुलिसका लागि भोला सिलवाल, हेम तामाङ र बुद्ध बलको प्रहारले जाली चुम्दा अजित भण्डारी र तेज तामाङको प्रहारमा मनाङका गोलरक्षक अशोक बरालले रोकेका थिए ।
उपाधिसँगै मनाङले १० लाख १ हजार रुपैयाँ हात पारेको छ भने उपबिजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्: