Bagmati Samachar Logo

प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज

३० फागुन । काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली आज ६.३०मा डिस्चार्ज गरीएको छ । दोस्रो पटकको सफल मिर्गौला प्रत्यारोपणपछि आज प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
ओलीलाई शुक्रबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
प्रधानमन्त्री ओलीको फागुन २१ गते दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको आज दशौँ दिन पूर्ण स्वास्थ्य लाभ भएपछि डिस्चार्ज गरीएको अस्पतालबाट जारी विज्ञप्तीमा भनिएको छ ।

आज अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गरीएको हो । ओलीको गत २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
यसअघि ओलीको विसं २०६४ मा भारतको अपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको उपचारमा करिव ५ लाख रुपैयाँ खर्च भएको बताए। उनले खर्चको बिल प्रधानमन्त्री कार्यालयमा पठाइने जानकारी दिँदै प्रधानमन्त्री कार्यालयले तिर्ने वा निजीरुपमा तिर्नेबारे यकिन नभएको बताए।

प्रधानमन्त्रीले चिकित्सकहरुलाई ‘थ्यांक यू’ मात्रै भनेका थिए ।
गाडीसम्म प्रधानमन्त्री हिँडेरै आएका थिए । गाडी चढ्नेबेलामा मुस्कानसहित प्रधानमन्त्रीले हात हल्लाएर सञ्चारकर्मी र शुभेच्छुकलाई अभिवादन गरेका थिए ।