प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने
३० फागुन । काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीलाई दोस्रो पटकको सफल मिर्गौला प्रत्यारोपणपछि आज अस्पतालले डिज्चार्ज गर्ने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको आज दशौँ दिन पूर्ण स्वास्थ्य लाभ भएपछि डिस्चार्ज गर्न लागिएको बताए ।
आज अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्न लागिएको हो । ओलीको गत २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: