कोरोना भाइरसको लक्षण देखिएपछि युक्रेनी दम्पतीलाई भारत फिर्ता
२९ फागुन । काठमाडौं । एक युक्रेनी दम्पती पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्दा नाकामा राखिएको हेल्प डेक्समा जाँच गर्दा कोराना भाइरसको सङ्क्रमणको लक्षण देखापरेपछि भारततर्फ नै फर्काइएको छ ।
३४ वर्षीय एन्ड्रिन लार्जेगन र उनकी पत्नी ओलेना क्लिन्कोलाई आज २ः३० बजे नेपाल प्रवेश गर्दा हेल्प डेक्समा जाँच गर्दा १०० डिग्रीभन्दा बढी ज्वरो र रुघाखोकीसमेत लागेको पाइएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले बताइन् ।
अध्यागमन कार्यालय झापाका प्रमुख जनक कोइरालाका अनुसार उनीहरुमा कोरानाको लक्षण देखापरेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पठाउन खोजिएको थियो । उनीहरुले ओइसोलेशनमा बस्न जान नमानेपछि बाध्य भएर भारत नै फर्काइएको बताए ।
कोरानाका शङ्का लागेमा बिरामीलाई राख्न झापामा आइसोलेशन छैन उनले भने, हामीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पठाउन खोजेको तर नमानेपछि भारततर्फ फर्कादिऔँ ।
उनका अनुसार उनीहरु भारतको दिल्ली विमानस्थल हुँदै जनवरी १० तारिखमा भारत आएका थिए । भारतका विभिन्न स्थान घुमेर आज नेपाल प्रवेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्: