पाटन अस्पताल भर्ना भएका बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि
२९ फागुन । काठमाडौं । पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एक जना युवामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । उनलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।
ती युवालाई ज्वरो आएको भन्दै कुवेतबाट लखेटिएका थिए । अस्पताल स्रोतका अनुसार स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोनाको लक्षण नभेटिएको जनाएको छ ।
उनमा कोरोना नभइ सिजनल फ्लूका कारण अधिक ज्वरो आएको र हाल ठीक भइसकेको अस्पतालले बताएको छ । अस्पताल प्रशासनका अनुसार उनको स्वास्थ्यमा सुधार भएसँगै आज डिस्चार्ज गरिने छ ।
प्रतिक्रिया दिनुहोस्: