Swornakshar Logo

कोरोनाको आशंकामा ६ जना टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा

२९ फागुन । काठमाडौं । कोरोना भाइरसको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको छ । ६ जनामध्ये ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

कारोना संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले बताए ।

उनले विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको पनि बताए ।