Swornakshar Logo

प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा डिस्चार्ज भइन्

काठमाडौं । २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने श्रीमती समीक्षा संग्रौला आज बुधबार डिस्चार्ज भएकी छन् ।

त्रिवि शिक्षण अस्पतालबाट जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जानकारी दिएको छ । प्रधानमन्त्रीले नियमित खानपान र ब्यायाम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।