Swornakshar Logo

प्रधानमन्त्रीलाई डिस्चार्ज गर्दा पनि हुन्छः चिकित्सक

२७ फागुन । काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएसंगै चिकित्सकहरुले अव प्रधानमन्त्रीको डिस्चार्ज गर्दा पनि हुने बताएका छन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक समेत रहेकी डा. दिव्यासिंह शाहले मंगलबार त्रिवि शिक्षण अस्पतालमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएकाले अबको केही दिनमा अस्पतालले डिस्चार्ज गर्नसक्ने बताइन् ।

यसै दिन डिस्चार्ज गरिन्छ भनेर अहिले मिति नै तोक्नु उपयुक्त हुँदैन । तर स्वास्थ्य अवस्था हेर्दा केही दिनभित्र डिस्चार्ज गर्न सकिन्छ । यद्यपी जोखिमको खतरा धेरै हुने भएकाले धेरै केयर गर्न जरुरी छ शाहले बताइन् ।

१२ बर्ष अघि पहिलो पटक भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको यो दोस्रो पटकको मिर्गौला प्रत्यारोपण हो ।