Swornakshar Logo

प्रधानमन्त्री ओली हिँडडुल गर्न थाले

२३ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण पछि शुक्रबारबाट हिँडडुल गर्न सक्ने भएका छन् । प्रधानमन्त्री ओली सामान्य हिँडडुल गर्न थालेका उल्लेख गर्दै शुक्रबार त्रिवि शिक्षण अस्पतालले विज्ञप्ति निकालेको छ ।

विज्ञप्तिमा भनिएको छ, मिर्गौला प्रत्यारोपण गरिएको तेस्रो दिन आज स्वाथ्यमा क्रमिक सुधार भइरहेको छ । आजदेखि उहाँलाई हिँडडुल गराउने र ठोस आहार दिन थालिएको छ ।

ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पताल स्रोतले जनाएको छ ।