Swornakshar Logo

प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रोः प्रवक्ता खतिवडा

२२ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएसँगै ओलीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो हुँदै गएको सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बताए । खतिवडाले बिहीबार सरकारका तर्फबाट मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो भइरहेको छ । उहाँको स्वास्थ्य शीघ्र सुधार भइरहेको छ उनले भने । उहाँलाई तरल पदार्थ खुवाउन थालिएको छ । मिर्गौला दाताको स्वास्थ्य पनि राम्रो हुँदै गइरहेको छ मन्त्री खतिवडाले बताए ।’