Swornakshar Logo

प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थाल्यो

२१ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतले बताएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्काले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको बताए ।

अहिले ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको समेत उनले बताए । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको समेत स्वास्थ्य अवस्था राम्रो छ ।

उत्तम कुमार शर्मा, प्रेम ज्ञवाली, भारतबाट आएका चिकित्सक अनन्त कुमारलगायतले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि उनलाई आईसीयूमा सारिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार बिहान १० बजेबाट पौने ३ बजेसम्म उनको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । उनको मिर्गौला प्रत्यारोपण गर्न लगभग पौने ५ घण्टा लागेको थियो ।