Swornakshar Logo

महिलाले पनि अब्बल पत्रकारिता गर्न सक्छन् – मन्त्री दुलाल

१९ फागुन । हेटौडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले महिलाल पत्रकारले पनि सक्षम पत्रकारिता गर्न सक्छन् सक्ने बताए ।
आज सोमबार बाट हेटौडामा सुरु भएको बागमती प्रदेशका महिला पत्रकारहरुको लागि क्षमता विकास प्रशिक्षण कार्यक्रममा दुलालले उक्त कुरा बताएका हुन ।

कार्यक्रम प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको हो । जस्तो सुकै चुनौतीको सामना गर्न तत्पर भए मात्रै सफल पत्रकार हुने भन्दै उनले निडर पत्रकारिता गर्न सुझाव दिए ।

पत्रकारितामा निरन्तर लाग्ने महिलाको लागि प्रदेश सरकारले नयाँ निति तर्जुमा गर्दै गएको भन्दै उनले पत्रकारिता बाटै बाच्न सक्ने वातावरण बनाउनु प्रदेश सरकारको जिम्मेवारी रहेको बताए। आफ्नो संचारमाध्यमको फाइदाका लागि कतिपय अवस्थामा पत्रकारले समाचारको मर्म बङ्ग्याउने गरेको दुलालले गुनासो गरे ।

उनले भने– ’तपाइले लेखेको समाचारले तत्काल लाइक र भिर्वस् त बढाउला तर यसले दिर्घकालिन असर भने पक्कै गर्छ । तपाइको समाचारको विश्वसनियता माथी प्रश्न उठ्ने दिन आउँछ त्यसैले समाचार जहिले पनि निष्पक्ष, तथ्यपर हुनु पर्दछ ।’

कार्यक्रममा बागमती प्रदेशका शिक्षा, स्वास्थ्य, कृषि समितिका सभापति घनश्याम दाहालले पत्रकारिता पेसालाई जिम्मेवार र मर्यादित बनाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टले आफ्नो क्षमता अभिबृद्धि गरे पत्रकारिता गरेर बाच्न सकिने बताए। त्यसको लागि लगनशिल र पेशा प्रति जिम्मेवार बन्नु जरुरी रहेको उनले बताए। २३ गते सम्म संचालन हुने तालिममा प्रदेश भरीका करीब ५५ जना महिला पत्रकारहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा सांसद जुनेली श्रेष्ठ, मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष सम्झाना कार्की, महासचिव कृष्ण सारुमगर, जिल्ला अध्यक्ष हरि हुमागाई, बागमती प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहाल, मन्त्रालयका महिला तथा बालबालिका महाँसाखाका निमित्त प्रमुख चन्द्रकुमारी व्यन्जनकार लगायतको आतिथ्यता रहेको थियो ।