ताजा अपडेट
शिक्षा

कोरोना भाइरसः हेटौंडामा प्रदेश सरकारको आकस्मिक बैठक

कोरोना भाइरसः हेटौंडामा प्रदेश सरकारको आकस्मिक बैठक
k|b]z–# sf] d'VodGqL tyf dlGqkl/ifbsf] sfof{no x]6f}F8fdf :yfkgf ul/Psf] k|b]z–# sf] d'VodGqL tyf dlGqkl/ifbsf] sfof{no . t:jL/ M s[i0f/fd kl/of/, x]6f}F8f, /f;;

हेटौंडा । १९ फागुन । विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाईरस (कोविड १९) का बिषयमा बागमती प्रदेश सरकारले आकस्मिक बैठक भएको छ।

हेटौंडा–२ स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज सोमबार साँझ सवा ५ बजे आकस्मिक बैठक बसेको हो । बागमती प्रदेशका मुख्यमन्त्र डोरमणि पौडेल, ७ वटै मन्त्रालयका मन्त्रीहरु, प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिव, पत्रकारहरु सम्मिलित बैठक भएको थियो ।

छलफलमा बागमती प्रदेशभित्र कोरोना भाइरसलाई कसरी नियन्त्रण गर्ने, भाइरस फैलनबाट कसरी रोक्ने, जनचेतना जगाउने विषयमा छलफल भएको छ ।

आज भएको बागमती प्रदेशसभा बैठकमा पनि प्रदेश सांसदहरुले कोरोना भाइरसप्रति गम्भिर भएर यसको नियन्त्रण र रोकथामको लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रदेशसभा बैठकमा सांसदहरुले कोरोना भाइरसमा सरकारलाई गम्भिर हुन आग्रह गरेपछि मुख्यमन्त्री पौडेलले आकस्मिक बैठक बोलाएर छलफल गर्नु भएको थियो ।

प्रदेशसभामा सांसदहरुले चनि र भारतसँग जोडिएका सीमानाका र अन्तराष्ट्रिय विमानस्थलमा कडाईका साथ विशेष चिकित्सक टोली राखेर स्वास्थ्य परीक्षण गर्न सरकारले आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…