मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री अस्पताल भर्ना
१९ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका छन् । यसअघि दिल्लीमा मृर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रो प्रत्यारोपण भने स्वदेशमै गर्ने भएका छन् ।
ओली सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले बताएको छ ।
ओलीको स्वास्थ्य अवस्था ठीक भए बुधवार मृर्गौला प्रत्यारोपण (अपरेशन) गर्ने तयारी अस्पतालको छ ।
प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जी पर्ने ३२ वर्षीय समीक्षा संग्रौलाले मिर्गौला दिन लागेकी हुन् । ओलीलाई मिर्गौला दाता समीक्षाको समेत स्वास्थ्य परीक्षण भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्: