Swornakshar Logo

प्रदेशस्तरीय वक्तृत्वकलामा मकवानपुरकी समृद्धी द्धितिय

१५ फागुन । हेटौंडा । बिहीबार बागमती प्रदेशको राजधानी हेटौंडामा “शिक्षाको रुपान्तरणमा युवाको भुमिका” विषयक प्रदेशस्तरीय वक्तृत्वकला सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा दोलखाकी सुनिता अधिकारीले प्रथम, मकवानपुरकी समृद्धी देवले द्धितिय र चितवनकी लक्ष्मी ढकालले तृतीय स्थान प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा बागमती प्रदेशका धादिङ, काठमाडौं र भक्तपुर गरि ३ जिल्ला बाहेक १० जिल्लाका सहभागीहरुको सहभागिता रहेको थियो ।

आज सम्पन्न भएको प्रतियोगितामा सहभागीहरु भएका प्रत्येक जिल्ला स्तरमा भएको वक्तृत्वकलामा विजयी भएर प्रदेशका लागि छानिएका थिए भने प्रदेश स्तरमा विजयी भएकाहरुलाई चैत ५ गते हुने केन्द्रीय स्तरको वक्तृत्वकलाका लागि सिफारिस भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमशः २०, १५ र १० हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

युवा तथा खेलकूद मन्त्रालयअन्र्तगत राष्ट्रिय युवा परिषद्को आयोजना तथा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको सहकार्य प्रतियोगिता सम्पन्न भएको हो ।